लागूऔषध खैरो हेरोइन सहित हेटौंडाबाट २ जना पक्राउ

हेटौंडा टुडे
२०८२ असार ५, बिहीबार १६:२४ गते

हेटौंडा । हेटौंडाबाट ७७० मिलि ग्राम लागूऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेको छ । प्रहरीले लागुऔषध विक्री वितरण गरीरहेका छन् भन्ने बिशेष सुचनाको आधारमा बुधबार बेलुका ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उप महानगरपालिका वडा नं. ४ फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसीरहेको अवस्थामा २ जनालाइ पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौडा वडा नं. ४ कमलडांडा बस्ने वर्ष ४२ को अनुप कुमार रुम्बा र वर्ष ३३ को मणी लामा रहेको छ। प्रहरीका अनुसार उनिहरुलाइ फेला पारी रितपुर्वक खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ७७० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त लागूऔषध बरामद गरी निजहरुलाई पक्राउ गरी लागू औषध खैरोहेरोईन कसुर मुद्धामा आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*