
हेटौंडा। चितवनमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ चित्रसारीका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ। उनी बुढीराप्तीमा साथी सहित माछा मार्न गएका बेला गोहीको आक्रमणमा परेका हुन्। उनको शव नदी किनारमा भेटिएको थियो।


सेयर गर्नुहोस्