हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा प्रदेश सरकारको २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यसका लागि बैठक शुरू हुनु १५ मिनेट अगावै औपचारिक पोशाकमा उपस्थित हुन सांसदहरूलाई भनिएको छ
यसअघि हिजो अपरान्ह बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले नीति तथा कार्यक्रम पास गरेको छ ।
सेयर गर्नुहोस्






















