आज यी जिल्लामा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

हेटौंडा टुडे
२०८३ जेष्ठ १२, मंगलवार १०:२८ गते

हेटौंडा। जल तथा मौसम विज्ञान विभागले मंगलबार ११ जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरी चल्ने जानकारी दिएको हो । कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा हावाहुरीको जोखिम छ। हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज हावा हुरीबाट प्रभावित हुने जिल्लाहरु यी हुन्–

कोशी प्रदेश : झापा र मोरङ सहित आसपासका जिल्ला

मधेश प्रदेश : बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला

बागमती प्रदेश : मकवानपुर र चितवन सहित आसपासका जिल्ला

गण्डकी प्रदेश : नवलपुर र तनहुँ सहित आसपासका जिल्ला

लुम्बिनी प्रदेश : रुपन्देही सहित आसपासका जिल्ला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*