मंगलबार १३ सयले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८३ जेष्ठ १२, मंगलवार ११:३४ गते

हेटौंडा।  नेपाली बजारमा मंगलबार (जेठ १२) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम छ । सोमबार (जेठ ११) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*