जंगली च्याउ खाएर बिरामी परेका दिदीभाइको मृत्यु

हेटौंडा टुडे
२०८२ श्रावण ७, बुधबार ११:१४ गते

हेटौंडा । जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलवार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलवार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो। च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।   बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।

गत आइतबार एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए । रुकुम पश्चिम घर भएकी राजकुमारी श्रीमानसँगको ठाकठुकका कारण एक वर्षदेखि छोराछोरीसहित माइतीमा बस्दै आएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*