लेन्देखोलामा फेरी भीषण वाढीे

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार १२:१९ गते

हेटौंडा।  नेपाल–चीन सिमाना हुँदै वहने लेन्दे खोलामा पुनः भीषण बाढी आएको छ । गड्गडाउंदै आएको बाढीले जलविद्युत तथा त्रिदेशीय मार्गमा निकै क्षति गरेको छ ।  चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट वहने लेन्देखोलामा अकल्पनीय बाढीले गरेको क्षति नबिर्सदै पुनः बुधवार सोही खोलामा विनाशकारी बाढी आएको छ ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली विद्युत् हवमा निकै क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

नेपाल–चीन सीमा रसुवागढीको ल्हेन्दे खोला हुँदै त्रिशूलीमा मिसिएको बाढीले नुवाकोटको नेपाल विद्युत् प्राधिकरणको २२० केभी एको त्रिशूली–३ बी हब सब स्टेसनमा पुनः क्षति पुर्‍याएको हो  । तीन साता अगाडिको  बाढीले पनि उक्त सब स्टेसनमा ठुलो क्षति पुगेको थियो ।
अहिले क्षति फेरी दोब्बर बनाएको स्थानीयवासीको भनाई छ । उक्त सब स्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सब स्टेसनमा बाढी पस्न सक्ने अवस्था देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अन्य प्लान्टहरूमा भने क्षति नभएको प्राधिकरणले जनाएको छ । यद्यपि, बाढीले सब स्टेसनमा बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*