हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरेका छन्। शुक्रबार भक्तपुरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरेका हुन्।
सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए।
सेयर गर्नुहोस्

















