अब सवारी लाइसेन्सको अवधि १० वर्ष

हेटौंडा टुडे
२०८२ श्रावण १६, शुक्रबार १६:४९ गते

हेटौंडा । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि बढाएकाे छ । हाल ५ वर्षलाई मात्रै मान्य हुने यस्तो अवधिलाई बढाएर १० वर्ष पुर्याएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गरेर नयाँ व्यवस्था गरेको हाे ।

यसका लागि सरकारले केही नेपाल ऐन संशोधनमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको इजाजतपत्रा सम्बन्धी व्यवस्थामा केही परिवर्तन गरेको जानकारी राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी दिएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधि ५ वर्ष छ ।

संशोधित व्यवस्था अनुसार अब जारी हुने तथा नवीकरण हुने सवारी साधनको इजाजतपत्रको अवधि १० वर्ष हुने छ । यसअघि जारी भएका तथा नवीकरण गर्दाको अवधि ५ वर्ष छ। नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने पनि उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*