बागमतीमा मन्त्रिपरिषद विस्तारको तयारी, आजै पाँच जना मन्त्री नियुक्ति गर्ने

हेटौंडा टुडे
२०८२ श्रावण ३०, शुक्रबार १३:३६ गते

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियक्त गर्ने तयारी थालेको छ ।  आज नियुक्ति गरी आजै शपथ ग्रहण गराउने तयारी मुख्यमन्त्रीको रहेको छ ।

बागमती सरकारमा अहिले मुख्यमन्त्री बानियाँसहित कांग्रेसबाट जम्मा तीन जना सामेल छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएसँगै एमालेका ६ र कांग्रेसका दुई जना सामेल गरी मन्त्रिपरिषद गठन गरेका थिए । कांग्रेस र एमालेबिच भएको भागबन्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्री पाउँछ । सो अनुसार एमालेको कोटा पूरा भइसकेको छ भने काँग्रेसले पाँच मन्त्री नियुक्त गर्न बाँकी छ ।

मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । यी सबै बानियाँ समुहका सांसद हुन् । उनीहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियक्ति र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*