इजरायलले सुरु गर्‍यो गाजा कब्जा अभियान, बाहिरी इलाका नियन्त्रणमा

हेटौंडा टुडे
२०८२ भाद्र ५, बिहीबार ११:२८ गते

हेटौंडा । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ । एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् ।

सैन्य कारबाहीलाई रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए। यो यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ। इजरायलको यो कदमले प्यालेस्टिनी नागरिकमा पर्ने प्रभावका कारण अन्तर्राष्ट्रिय स्तरमा कडा विरोध भइरहेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौता भङ्ग गरेको र निर्दोष नागरिकविरुद्ध बर्बर युद्ध जारी राखेको आरोप लगाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*