हेटौँडा । हेटौँडामा अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि अचार उत्पादन तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोग र रोटरी क्लब हेटौँडाको आयोजनामा सुरु गरिएको तालिम शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
१० दिनसम्म चल्ने यस तालिमको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गरेकी छन् । उद्घाटन कार्यक्रममा उनले अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन ।
रोटरी क्लब हेटौँडाका पदाधिकारीका अनुसार तालिममा सहभागी महिलाहरुलाई अचार उत्पादन सम्बन्धी सीपसँगै वित्तीय व्यवस्थापन र साक्षरता सम्बन्धी ज्ञान दिइनेछ । यसले महिलाहरुलाई स्वरोजगार र आर्थिक सशक्तिकरणतर्फ अघि बढ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सेयर गर्नुहोस्


















