राष्ट्रिय सभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८२ भाद्र १६, सोमबार १०:३६ गते

हेटौँडा । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ः१५ बजे बस्ने भएको हो ।
बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची तय भएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेश गर्ने छिन् । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*