दुई स्कूटर आपसमा ठाेक्किँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

हेटौंडा टुडे
२०८२ भाद्र १८, बुधबार १३:२८ गते

हेटौंडा । गएराति दुई स्कूटर आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ का ३२ वर्षीय विजय थापा छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नं १७ का १९ वर्षीय प्रविण क्षेत्रीको हाल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ थर्पु बजारमा गएराति पोखराबाट दमौलीतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आइरहेको दुई स्कूटर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत र घाइते दुवै स्कूटर चालक नै भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*