फोनमा चर्को स्वरले नबोल्न र राति अबेर कुकरमा सिट्ठी नलगाउन प्रहरीको आग्रह

हेटौंडा टुडे
२०८२ भाद्र १९, बिहीबार ११:३१ गते

हेटौँडा । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ। प्रहरीका अनुसार ध्वनि प्रदूषणले विशेषगरी गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ।

यसको प्रतिकूल असरबाट बच्न प्रहरीको आग्रह यस्तो छ– “फोन गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, सकेसम्म मेसेजमै संवाद गरौँ, राति अनावश्यक आवाज नगर्नुहोस्।”

त्यस्तै, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन समेत भनिएको छ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।

 

 

541959584_780654494900897_6448489641815614796_n

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*