हेटौंडामा जेनजीले आज भ्रष्टचारको विरोधमा २ ठाउँबाट प्रदर्शन गर्दै

हेटौंडा टुडे
२०८२ भाद्र २३, सोमबार ११:०५ गते

हेटौँडा । हेटौडामा जेन्जी पुस्ताले विरोध प्रदर्शनको तयारी गरेको छ ।

सरकारले गत साता फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेन–जी पुस्ता भएको छ ।

सोसल मिडिया प्लेटफर्महरुमा सक्रिय रहँदै आएको यो पुस्ताले आज देशव्यापी रुपमा प्रर्दशन गर्ने तयारी अन्तगर्त हेटौंडामा पनि बृहत् आन्दोलनको तयारीमा जुटेको सामाजिक सञ्जालमार्फत् जानकारी सार्वजनिक गरेका छन् ।  हेटौडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरमा भेला हुन सम्पूर्ण स्कुल कलेजका विद्यार्थीहरूलाई आह्वान गरिएको छ।

अर्को तर्फ हेटौंडाको नगरपालिका रोडमा पनि

जम्मा भई विरोध प्रदर्शन गर्ने प्रदर्शनको तयारी गरेको समूहले जनाएको छ। उता काठमाडौँको माइती घरमा स्कुल तथा कलेज ड्रेसमा जेन्जी पुस्ताको विरोध प्रदर्शन सुरु भइसकेको छ । यता हेटौडामा पनि व्यापक तयारी गरिएको छ। यसमा सम्पूर्ण राजनीतिक दल समाजसेवी नागरिक समाज लगायतले ऐक्यबद्धता जनाएका छन्। जेन्जी समूहको विरोध प्रदर्शन सुरु हुने भएपछि हेटौंडामा सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

`कुनै उश्रृङ्खल गतिविधि नहोस् भन्नका निम्ति हामीले इन्सपेक्टर सावको कमाण्डमा बाक्लो सुरक्षा व्यवस्था मिलाएका छौं टोली खटिसकेको छ´ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। प्रहरीका अनुसार हेटौडामा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

हेटौडामा विरोध प्रदर्शनका लागि जेन्जी पुस्ता दुई स्थानमा भेला भएर प्रदर्शनमा उत्रिने तयारी गरेका छन्। एक समूह नगरपालिका रोडमा जम्मा भई प्रदर्शन गर्ने र अर्को समूह हुप्राचौरमा भेला भई प्रदर्शनमा उत्रिने तयारी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*