हेटौंडा । सामाजिक सञ्जाल माथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर-बबरमहल सडक प्रभावित भएको छ ।
माइतीघर-बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण रुपमा बन्द भएको हो ।
अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ ।
भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् । जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।
सेयर गर्नुहोस्






















