प्रदर्शनकारीले निषेधित क्षेत्र तोडे पछि प्रहरीले हान्यो अश्रुग्यास

हेटौंडा टुडे
२०८२ भाद्र २३, सोमबार १२:२१ गते

हेटौंडा । भ्रष्टाचारविरुद्ध काठमाडौंलगायतका देशका मुख्य शहरमा सोमबार जेन जी पुस्ताका युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

जेन जी प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद् भवनसम्म पुगे पछि अश्रुग्यास प्रहार गरेको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो । संसद् भवन नजिक पुगेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ ।

काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्जलगायतका ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*