पोखरामा पनि लाग्यो कर्फ्यु

हेटौंडा टुडे
२०८२ भाद्र २३, सोमबार १५:११ गते

हेटौंडा ।पोखरा सभागृह अगाडि जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गरेका हुन्।भ्रष्टाचार विरोधी नारा लेखिएको प्लाकार्ड लिएर उनीहरूले प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी पनि गरेका छन्। ‘मान्छे बेच्न पाइँदैन,  भ्रष्टाचार मुर्दावाद,  केपी ओली मुर्दावाद’ नारा लगाएका हुन्। विभिन्न कलेज र स्कुलका विधार्थी पनि प्रदर्शनमा सहभागी छन्।

जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ ।  प्रमुख जिल्ला अधिकारी ले जारी गरेको आदेशमा शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ । शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ । आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

viber_image_2025-09-08_14-53-33-702

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*