आज तोलामा २ लाख १७ हजार नाघ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ भाद्र ३१, मंगलवार ११:३८ गते

हेटौंडा। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ ।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*