बिरामी छोडेर आउदिन : डा. सन्दुक रुइत

हेटौंडा टुडे
२०८२ भाद्र ३१, मंगलवार १४:१० गते

हेटौंडा। वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

प्रधानमन्त्री कार्कीले मङ्गलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर डा. रुइतलाई आफ्नो नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन्। तर, रुइतले आफू सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने बताएका हुन्। उहाले बिरामीहरुलाइ छोडेर आउदिन भनेर भनेका छन।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. रुइतले भने ‘प्रधानमन्त्रीज्यूले सरकार जटिल अवस्थामा बनेको छ, सरकारमै सहभागी भएर सहयोग गर्नुपर्छ भन्नु भएको थियो।तर अहिलेको समय बिरामीलाई छाड्न सक्ने खालको छैन। मेरो प्राथमिकतामा बिरामी नै छन्। म सरकारमा सहभागी हुँदिन तर सहयोग अवश्य गर्छु भनेर भनेँ।’

डा. रुइतको भनाइअनुसार, उनले सरकारलाई बाहिरबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*