हेटौंडा । हैजा रोग उल्टी (वान्ता) लगातार दिसा ल्याउने रोग हो । हैजा लाग्दा लगातार दिसा जानुका साथै पेटमा सुई घोचेको जस्तो पीडा अनुभूति गराउँछ । यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ।
हेटौंडामा पनि केहि स्थानमा हैजा पुष्टि भइसकेको पनि छ । त्यसकारण यसबाट जोगिनु अत्यन्त जरुरी छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको रोग” भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ।
यसको घरेलु उपचार
_पुदिना र कालो मरिच पिसेर आधा चम्चाका दरले तातो पानीमा मिलाई खानाले हैजा निको हुन्छ ।
— रोगी बस्ने तथा सुत्ने ठाउँमा लसुन फोकेर राखिदिनाले पनि हैजाका किटाणु नष्ट हुन्छन् ।
— रोगीलाई सौँफ तथा अलैँची खानाले पनि लाम मिल्दछ ।
— पानीमा कपुर मलाई बारम्बार खानाले पनि उपयुक्त हुन्छ ।
— रोगीको शरीरमा तेल लगाउनुपर्छ । जसले शीघ्र उल्टी तथा दिसा जान बन्द हुन्छ ।
— एक चम्चा शक्खर, आधा चम्चा नुन, आधा चम्चा कागतीको रस पानीसँग मिलाई बारम्बार रोगीलाई ख्वाउनुपर्दछ जसले शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्दछ ।
— काँचो आँपलाई पानीमा उमाली प्याजको रस मिलाउनुहोस् र रोगीको हत्केला तथा तालुमा मालिस गरिदिनुहोस् जसले गर्दा रोगीलाई आराम मिल्दछ ।
— जाइफललाई थोरै पानीसँग मिलाई पिसेर निधारमा लेपन गरिदिनुहोस् जसले हैजा ठिक पार्दछ ।
— यदि पिसाब कम आइरहेको छ भने आधा कप पानीमा आधा चम्चा खाने सोडा मिलाई खुवाउनुहोस् जसले पिसाब खुलेर आउन मद्दत गर्दछ ।


















