हेटौंडामा तीन वटा सवारी आपसमा ठोक्किँदा ३१ जना घाइते, २ जनाको अवस्था गम्भीर

हेटौंडा टुडे
२०८२ आश्विन ६, सोमबार १४:५८ गते

हेटौंडा । हेटौँडामा यात्रुवाहक बसको टायर पड्किँदा अनियन्त्रित भई तीन वटा सवारी आपसमा ठोक्किएर दुर्घटना भएको छ।  दुर्घटनामा परी बस र ट्रकमा सवार ३१ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा उपमहानगरपालिका–१० बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो १:१० बजे चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टायर अचानक  पड्किँदा बस अनियन्त्रित भइ हेटौंडाबाट चितवन तर्फ आउदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रक सँग ठोकिएको हो । बसको ठक्करबाट अनियन्त्रित बनेको ट्रकले काठमाडौँबाट बारा जाँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङ्करलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जसकारण तीन वटै सवारी साधन दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जानकारी दिए ।

घाइते भएका ३१ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पतालमा पठाइएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम तथा सामान्य रहेको प्रवक्ता अर्यालले बताए । प्रहरीले दुर्घटनाग्रस्त सवारी साधनलाई राजमार्गबाट हटाएर अवरुद्ध यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*