हेटौंडा। कान्तिलोकपथ भएर चलने सवारीलाई दुईओटा प्रवेश विन्दु निर्धारण गरेर प्रवेश गर्ने समयावधि लम्बाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार एक विज्ञप्ति जारी गर्देै नजिकिदै गरेको चाडवाडलाई मध्यनजर गरेर अब ३० टन भारवहन क्षमता र अधिकतम १० चक्के सवारी साधनहरू मात्र कान्ति लोकपथमा चल्न पाउने
कुरा जनाइएको छ। यी सवारी साधनहरू बेलुका ९ बजेसम्म तोकिएको प्रवेश वा प्रस्थान विन्दुमा पुगिसक्नुपर्नेछ।
असोज ७ गते (मंगलबार ) देखि कोजागत पूर्णिमा (असोज २१ गते) मंगलबार सम्म लागु हुने सार्वजनिक र निजी यात्रुवाहक सवारी साधनका लागि आवागमनको समय बढाइएको हो ।
सवारीका लागि मकवानपुरको सिमाना ललितपुर तर्फको बागमती गाउँपालिका वडा नम्बर २ वगुवा र ललितपुरबाट मकवानपुर प्रवेश विन्दु गोदावरी नगरपालिका-६ टिकाभैरव गरी २ ओटा प्रवेश विन्दु कायम गरिएको छ ।























