हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
बुधबार, जारी गरिएको उक्त अध्यादेशले मतदाता नामावलीसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने व्यवस्था गरिएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्ति जारी गर्दै अध्यादेश लागू भएको जानकारी दिएका छन्।
सरकारले फागुनमा प्रतिनिधि सभाको निर्वाचन गर्दैछ । त्यसका लागि नामावली भर्नका लागि अध्यादेश जारी गरेको हो।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

सेयर गर्नुहोस्






















