पहिरोका कारण यी ५ राजमार्ग छन् पूर्ण रूपमा अवरुद्ध

हेटौंडा टुडे
२०८२ आश्विन ९, बिहीबार ११:१४ गते

हेटौंडा । वर्षाका कारण आएको बाढीपहिरोले यी पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

यता रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल भत्किँदा गल्छीदेखि मैलुङ रसुवा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ।

इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध रहेको छ । रुकुम पूर्वीमा पहिरोका कारण भूमे गाउँपालिका–४ काँडाबगर स्थित मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

कालिगण्डकी करिडोर, नवलपरासी स्थित पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन् । यात्रा गर्नु पूर्व सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*