प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

हेटौंडा टुडे
२०८२ आश्विन ९, बिहीबार ११:२४ गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन  गर्ने भएकी हुन ।

गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेकी हुन्।

यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। उक्त मितिमा चुनाव गराउन राजनीतिक दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन आह्वानसमेत गर्नेछिन्। प्रधानमन्त्री कार्कीको सम्बोधनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा निधन भएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रतिमृतक परिवार १५ लाखका दरले राहत उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*