चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

हेटौंडा टुडे
२०८२ आश्विन २०, सोमबार १४:३२ गते

हेटौंडा।  चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिदाँ तीन जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाादै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल रहेका छन ।

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

प्रहरीले कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*