हेटौंडा । आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी-२० विश्वकपमा छनोट हुनेछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।
आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ । आजको खेलमा जित निकालेको खण्डमा नेपाल विश्वकपमा स्थान सुरक्षित गर्ने छ । पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अंछ । नेपालले अन्तिम खेलमा शुक्रवार सामाओसँग खेल्नेछ ।
सेयर गर्नुहोस्


















