छठ पछि लाइसेन्स नवीकरण र नयाँ आवेदन खुला गरिने यातायात व्यवस्था विभागको तयारी

हेटौंडा टुडे
२०८२ आश्विन ३०, बिहीबार १२:३२ गते

हेटौंडा। जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ । हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार आवश्यक मेसिन उपकरणहरूको व्यवस्थापन पूरा भइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने तयारी भएको हो । उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने स्पष्ट पारे। पोखरेलका अनुसार नयाँ छपाइ कार्ड र प्रिन्टर खरिद गर्नुपर्ने भएकाले नयाँ लाइसेन्स वितरणका लागि अझै केही महिना लाग्नेछ ।

आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्टर्सका साथै रङरोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*