बढ्यो अन्डाको मूल्य, अब कति पर्छ ?

हेटौंडा टुडे
२०८२ कार्तिक १०, सोमबार १४:२५ गते

हेटौंडा ।  अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज अर्थात् सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य वृद्धि गरेको हो । संघका अनुसार हाल उत्पादन घटेको र खपत बढेको कारण मूल्य समायोजन गर्नुपरेको हो । संघ अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ दरअनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको मूल्य ४५० रुपैयाँ पुगेको छ ।

अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँले मूल्य वृद्धि गरिएको र यो दर चितवनलाई आधार बनाएर तय गरिएको अध्यक्ष पोखरेलले बताए ।  उनका अनुसार खुद्रा बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्य भने करिब २२ रुपैयाँ प्रति अन्डा आसपास नै रहनेछ । उपभोक्ता मूल्यमा ५० देखि ७० पैसासम्म मात्र फरक पर्ने र यसले ठूलो असर नपर्ने उनको दाबी छ ।

तर उत्पादकले थोक मूल्य बढाएपछि होलसेलरहरूले व्यापारीलाई महँगोमा बिक्री गर्ने भएकाले अन्ततः उपभोक्ताले पनि अन्डा केही महँगोमा किन्नुपर्ने अवस्था रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*