हेटौंडा । हेटौँडाको रापतीतट लगाएत सबै स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित रापती खोला किनारमा हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन गरिएको हो ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।
मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन आइतबार सन्ध्याकालीन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।
सेयर गर्नुहोस्


















