पहिरोले यी प्रमुख राजमार्ग अवरुद्ध

हेटौंडा टुडे
२०८२ कार्तिक १४, शुक्रबार ११:०६ गते

हेटौंडा । बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा यी प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड,  पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन् ।

पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*