हेटौंडा । जोमसोम-कागबेनी सडकमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड आज बिहान भासिएर भत्किएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ । पहिरो खसिरहेको कारण यो बाटो हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्

















