हेटौडा उपमहानगर पालिकाको प्रमुख लामा भन्छिन मलाई पटक पटक बलात्कारको धम्कि आयो

हेटौंडा टुडे
२०८२ कार्तिक १८, मंगलवार २०:४३ गते

हेटौडा । बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगर पालिकाको प्रमुख मिना लामा भन्छिन मलाई पटक पटक बलात्कारको धम्कि आयो ।

महिलामैत्री सहर बनाउँदै गर्दा मलाई सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपका इनबक्समा र फोन मार्फत बलात्कारको धम्की आएको लामाले बताएकी छिन  महिला भएर जन्मनु गर्वको विषय भए पनि नेपाली समाजमा महिला भएर बाँच्नु धेरै कठिन, रहेको र “अझ जेनजी आन्दोलन पछि मैले नेपाली समाजको वास्तविक अनुहार छर्लंग देखेको अनुभव गरेकी छु।” लामाको भनाई छ ।

केही समयअघि उपमहानगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाको क्षेत्राधिकारबारे बोल्दै हरेक नगरले पहिलो प्राथमिकता आफ्ना नगरवासीलाई दिनुपर्ने धारणा राखेकी थिइन् । सोही अभिव्यक्तिपछि आफूलाई मधेस विरोधी भन्दै फेसबुक र ह्वाट्सएपमा बलात्कार गर्ने सम्मको धम्की आएको उनले बताइन् ।

सो घटनापछि आफुले क्षमा मागे पनि पटक पटक धम्की आएको प्रमुख लामाको भनाइ छ । लामाले आफुले माफी मागे पनि सामाजिक संजालको इनबक्समा मलाई बलात्कार गर्ने धम्कीका सूचनाहरू मैले पढिनसक्नुका अईरहन्थे । अनि राति–राति फोन गरेर एक पटक भेटेर, बसेर घटनाबारेको विवाद टुङ्याउने प्रस्ताव धेरै आईरहन्थ्यो |

लामाले आफ्नो नजिक भएर जायज÷नाजायज फाइदा लिन खोज्दा नसकेर हैरानी खेपेकाहरूले पर्दा पछाडि बसेर आफूलाई यस्तो धम्कि दिएको लामाको भनाई छ | प्रमुख लामाले हेटौंडालाई महिलामैत्री सहर बनाउन केही काम भइरहेको बताइन् । महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीका साथ कात्तिक १८ गते उपमहानगरपालिकाले ‘महिलामैत्री सहर’ घोषणा गर्न संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय युएन ओपीए ससँग एक सम्झौता गरेको उनको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*