हेटौंडा । प्रहरीले आज देखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलमा टिकट नलिएका खेल प्रेमीलाई टियु क्रिकेट मैदान वरपर भिड नगरिदिन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले एनपीएलको दोस्रो संस्करणका उद्घाटन खेलको सबै टिक बिक्री भएको जानकारी आएकोले टिकट नभएका खेलप्रेमीहरुलाई मैदान वरपर भिड नगर्न अनुरोध गरेको हो ।
परिसरले भनेको छ- ‘नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रिकेट खेलहरू आज मिति २०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुर स्थित टियु खेल मैदानमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’
आज देखि मङ्सिर २७ गतेसम्म हुने एनपीएलको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज दिउसो ४ बजे देखि खेल्दैछन् ।


















