मंगलबार नेप्से परिसूचक १५.७० अंकले बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर २, मंगलवार १५:४८ गते

हेटौंडा । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ । ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५६६.०७ अंकमा पुगेको हो । अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ९४ करोड ६० लाख मूल्य बराबरको कारोबार भएको थियो।

आज नेप्से बढ्दा २०७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । मंगलबार सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा सबै समूहको उपसूचक हरियाली भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*