हेटौंडा । नेपाल प्रिमियर लिग(एनपीएल) मा आज दूई खेल हुँदैछ । आज हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ११:४५ बजे शुरू हुनेछ ।
दुवै टोली आज जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । विराटनगर आज आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने जनकपुर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले यसअघि भएको दुवै खेलमा जित हात पारेको थियो ।
दोस्रो खेलमा दिउँसो ४ बजे हुनेछ । यसमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।
सेयर गर्नुहोस्


















