रोकिराखेको बस पल्टिदा २१ जना घाइते

हेटौंडा टुडे
२०८२ मंसिर १४, आईतवार १५:३२ गते

हेटौंडा । गोरखामा बस पल्टिदा २१ जना घाइते भएका छन्।  गोरखाबाट चितवनको नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनि बस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुँदा २१ जना घाइते भएको हो।

आइतबार दिउँसो १२ : ३० बजे गोरखा सदरमुकामबाट छुटेको यात्रु बस अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेर रुखमा ठोक्किएको बताइएको छ। बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन।

दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*