आज सार्वजनिक हुँदै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

हेटौंडा टुडे
२०८२ मंसिर १५, सोमबार ११:०० गते

हेटौंडा । नेपाल राष्ट्र बैंकले आज (सोमबार)  मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्नकै लागि राष्ट्र बैंकले सोमबार नै बोर्ड बैठक पनि बोलाएको छ । सञ्चालक समितिको बैठकबाट पारित आजै समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*