जेनजी आन्दोलनमा घाइते भएका मध्य ५३६ जनाले लिए परिचयपत्र

हेटौंडा टुडे
२०८२ मंसिर २२, सोमबार १३:०५ गते

हेटौंडा । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् ।  घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ ।

घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरु अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि मन्त्रालयले अनुरोध गरेको छ। यसका साथै कोही कसैको परिचयपत्र बनाउन छुटेको भए पनि सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण पेश गर्न  बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*