हेटौंडा । पुसको दोस्रो साता बस्ने गरी राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोल्दै अध्यक्ष नारायण दाहालले बैठक बोलाउने तयारी भइरहेको जानकारी गराएका हुन्।
मंगलबार राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको बताए ।
राष्ट्रियसभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि उनको भनाइ छ । बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको उनको भनाइ छ । करिब १० दिनसम्मका लागि विजनेस भए पनि अरु बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो ।
सेयर गर्नुहोस्


















