के दुखाइ कम गर्न पेनकिलर खाने बानी छ ? विचार गर्नुहोस नत्र हुनसक्छ यस्तो हानि

हेटौंडा टुडे
२०८२ पुष ८, मंगलवार १३:१२ गते

हेटौंडा । शरीरमा हुने कुनै पनि दुखाई कम गर्न पेन किलर सेवन गर्ने बानी प्राय सबैको हुन्छ । अत्यधिक दुखाई हुँदा यसले राहत पनि दिन्छ । पेनकिलरले क्षणिक रुपमा कुनैपनि दुखाईबाट छुटकारा दिएपनि के यस्को दीर्घकालिन असर के हुन्छ भन्ने सोच्नु भएको छ ? टाउको दुख्यो, जोर्नी दुख्यो, दाँत दुख्यो, हात खुट्टा दुख्यो यस्को सजिलो उपाय के त? भन्दा पेन किलर नै ।

चोटपटक र अन्य दुखाई मात्र नभई महिलाहरुले महिनावारीको समयमा पनि यसको सेवन गर्दछन् । तर यसको नियमित प्रयोगले भने दिर्घकालिन असरहरु गर्ने चिकित्सक बताँउछन् । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ ।
पेनकिलरका दिर्घकालिन असर यस्ता छन् ।

कलेजो सुन्निने
पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।

रक्तश्राव हुनसक्छ
एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।

गर्भपात
गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।

उच्च रक्तचाप र मुटुमा समस्या

पेनकिलर औषधिको सबैभन्दा पहिलो र सिधा असर शरीरको रक्तचापमा पर्छ । यी औषधिले किड्नीको कार्यप्रणालीलाई प्रभावित गर्छन्, जसका कारण शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ ।

यी औषधिले रक्तनली सुन्नाउने काम गर्छन् तर दुखाइ उत्पन्न गराउने प्रोस्टाग्लान्डिन्स हर्मोनलाई रोकेर रक्तचाप बढाउँछन् र रक्त प्रवाहमा बाधा पुर्‍याउँछन् । हृदय रोगीका लागि बढेको रक्तचाप गम्भीर अवस्था हो, किनकि यसले सिधै हार्ट फेलियर हुने जोखिम बढाउँछ । यदि छाती भारी महसुस भयो वा मुटुको धड्कन तेज भयो भने तुरुन्त सतर्क हुनुहोस् ।

 पेट तथा आन्द्रामा समस्या

एनएसएआईडीएसले पेटको भित्तामा अल्सर, रक्तस्राव वा प्वाल पार्न सक्छ । वर्षमा १००० मध्ये २ देखि १६ जनामा गम्भीर पेटको समस्या देखिन सक्छ । ओपिओइड्सका विशेष जोखिमः लत लाग्ने, टोलरेन्स (बढी डोज चाहिने), कब्जियत, सास फेर्न गाह्रो हुने, डिप्रेसन, हड्डी कमजोर हुने र ओभरडोजबाट मृत्युसम्म हुनसक्छ । दीर्घकालीन प्रयोगले प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाउँछ ।

सबै दुखाइमा एकै औषधि उपयुक्त हुँदैनन्

दुखाइ निवारक औषधिहरू अवस्था र समस्या अनुसार फरक–फरक हुन्छन् । दुखाइ निवारकहरूले हरेक अवस्थाको लागि उस्तै तरिकाले काम गर्दैनन् । त्यसैले, परामर्श बिना आफैंले सेवन गर्ने दुखाइ निवारकहरूले प्रायः दुखाइ कम गर्दैनन् । चिकित्सकहरूले बिरामीको अवस्था अनुरूप दुखाइ निवारक औषधिहरू सिफारिस गर्छन् । आफैंले जथाभावी औषधि पसलमा गएर पेनकिलरको अनावश्यक प्रयोग गर्ने बानी गलत हो ।

पसलमा गएर पेनकिलर किनेर खाने बानी एकदम गलत हो । चिकित्सकको सल्लाह अनिवार्य लिने गर्नुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*