जाडो बढे पछि जनकपुरमा आजदेखि ४ दिन विद्यालय बन्द

हेटौंडा टुडे
२०८२ पुष १३, आईतवार ११:४८ गते

हेटौंडा । जनकपुरधाम उमहानगरपालिकाले चिसो बढेपछि आइतबारदेखि थप ४ दिन विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले सूचना जारी गरेर आइतबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो । सरकारी तथा सामुदायिक सबै विद्यालयमा बिदा दिइएको छ ।

यस्तै, वीरगंज महानगरपालिकाले पनि जाडो बिदा थपेको छ । आइतबार र सोमबार दुई दिन थप जाडो बिदा दिइएको महानगरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*