हेटौंडा । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि राहत मिल्ने गरी न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो। यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको छ ।
नयाँ भाडा दरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ । यही आधारमा काठमाडौं–माउन्टेन फ्लाइटको भाडा प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटाइएको हो ।
काठमाडौं–भद्रपुरमा प्रतियात्रु १८० ले भाडादर घटाउँदै तीन हजार ८४५ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–विराटनगरमा १४० ले भाडादर घटाउँदै तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं । इन्धनको मूल्यमा गिरावटसँगै आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ । देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक रुटमा हवाई भाडा घटाइएको हो ।
काठमाडौं–माउन्टेन फ्लाइटको भाडा प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटाइएको हो ।
काठमाडौं–भद्रपुरमा प्रतियात्रु १८० ले भाडादर घटाउँदै तीन हजार ८४५ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–विराटनगरमा १४० ले भाडादर घटाउँदै तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं–पोखरामा दुई हजार ३०, काठमाडौं–भैरहवामा दुई हजार ६३५, काठमाडौं–नेपालगन्जमा चार हजार १७०, काठमाडौं–धनगढीमा पाँच हजार ६५५, काठमाडौं–तुम्लिङटारमा दुई हजार ३६०, काठमाडौं–सिमरामा एक हजार १५०, काठमाडौं–सुर्खेतमा चार हजार ४२० र काठमाडौं–राजविराजमा दुई हजार ६१५ रुपैयाँ भाडादर कायम गरिएको प्राधिकरणले जनाएको छ ।
पोखराबाट हुने उडानमा पनि भाडा घटाइएको छ । अरू क्षेत्रीय रुटमा पनि हवाई भाडा घटाइएको छ
कुन उडानमा कति भाडा घट्यो ?
काठमाडौं–माउन्टेन फ्लाइट : २१०
काठमाडौं–भद्रपुर : १८०
काठमाडौं–विराटनगर : १४०
काठमाडौं–जनकपुर : ७५
काठमाडौं–पोखरा : ९५
काठमाडौं–भरतपुर : ६५
काठमाडौं–भैरहवा : १२५
काठमाडौं–नेपालगञ्ज : १९५
काठमाडौं–धनगढी : २६५
काठमाडौं–तुम्लिङटार : ११०
काठमाडौं–सिमरा : ५५
काठमाडौं–सुर्खेत : २१०
काठमाडौं–राजविराज : १२५


















