हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले एक पैदल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
चितवनबाट नवलपुरको चौधरी ग्रामतर्फ जाँदै गरेको ग १ ख ६६०५ नम्बरको ट्रकको ठक्करबाट गैँडाकोट–५ बैकुण्ठ मार्ग बस्ने वर्ष ८२ वर्षीय यमनाथ पौडेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते पौडेलको उपचार क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सेयर गर्नुहोस्


















