दुर्गा प्रसाई आज दिउसो हेटौँडा आउदै

हेटौंडा टुडे
२०८२ पुष २४, बिहीबार १२:१० गते

हेटौँडा  अभियन्ता तथा सार्वजनिक व्यक्तित्व दुर्गा प्रसाई हेटौडा आउदै छन्। स्रोतका अनुसार उनी आज दिउसो करिब  १ बजे देखि एक घन्टाको लागि हेटौडाको होटल सूर्यान्समा रहने छन । प्रसाई हेटौँडामा पत्रकारहरुसंग भेटघाट संगै आफ्ना समर्थक, व्यवसायी तथा स्थानीय नागरिकसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रसाई झापा बिर्तामोड जाने क्रममा हेटौडामा परिचयत्मक कार्यक्रमा र पत्रकारहरु संग भेटघाट गर्न लागेका हुन । उनले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ । उनको  आगमनले हेटौडाको राजनीतिक तथा सामाजिक गतिविधिमा चासो बढाएको छ । उनका समर्थकहरू उनको स्वागतको तयारीमा जुटेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*