हेटौंडा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले गाजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले नरोकी प्रहरी ब्यारिकेट लडाउँदै फरार भएको थियो ।
प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै भेडेटार गेट नजिक पुग्दा चालकले सवारी साधन छोडी फरार भएको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लाष्टिकले बेरेर प्याक गरिएको १५ वटा पोका लागू औषध गाँजा फेला परेको हो। एम्बुलेन्सका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजाको तौल ४५९.९६५ किलोग्राम ९ चार सय उन्नसठ्ठी किलोग्राम नौ सय पैसठ्ठी ग्राम रहेको छ।


















