हेटौंडामा नगरस्तरीय महिला शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिता हुँदै

हेटौंडा टुडे
२०८२ माघ १५, बिहीबार १३:१२ गते

हेटौंडा । हेटौंडाले नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना  माघ १६ गते र १७ गते गर्ने भएको छ।  गत वर्षको सफल आयोजनापछि यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको हो।

प्रतियोगितामा हेटौंडा नगरका २० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बुधबार सिमितले पत्रकार सम्मेलनमा आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।
प्रतियोगिता हेटौंडा १८ स्थित ज्योति मा विको  खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमल् नगद क्रमश २० हजार, १५ हजार,१० हजार र ५ हजार मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।

हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियांले  उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मा वि र ज्योति मा वि बिच हुने जनाइएको छ।शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताएका छन्।

बुधबार नै पत्रकार सम्मेलनमा खेलको टाइसिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा हेटौँडा नगर भित्रका सिद्धार्थ मा वि,प्रगती मा वि,भृकुटी मा वि,आधुनिक मा वि, भुटनदेवी मावि, त्रिभुवन मा वि,ज्योती मावि, अरनिको मावि,गोरखनाथ मावि,श्रमिक मावि,बाल ज्योती मावि,बालबोध मावि,चन्द्रोदय मा वि,जनप्रिय मावि,राजदेवी मावि,दिपज्योती आधारभूत विद्यालय,कृष्ण आधारभूत विद्यालय,बुद्ध मावि, नवज्योती मावि र निर्मल माविको सहभागिता हुने जनाइएको छ ।

प्रतियोगिता हेटौँडा १८ को वडा कार्यालयको समन्वय र लगानीमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*