हेटौंडा । नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडा सँग खेल्दैछ । नेपालले आज एसोसिएट टोली क्यानडा सँग खेल्न लागेको हो।
नेपाल र क्यानडा बीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा शुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो ।
सेयर गर्नुहोस्


















